टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्टविरुद्ध मुद्दा दायर

काठमाडौँ । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी देवराज वनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले मुद्दा दायर गरेको छ । वनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
वनले वि.सं. २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा सुरु नियुक्ति भई मिति २०७५ साल साउन १ गतेदेखि सेवाको निरन्तरता हुने गरी टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा समायोजन नियुक्ति भएका थिए । यसका लागि उनले भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एस.एल.सी.को झुट्टा प्रमाण-पत्र पेस गरी सरकारी सेवामा हालसम्म कार्यरत रहेको पुष्टि भएको छ ।
यो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेको भनाई छ । वनलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९(२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ लाख लागतमा बन्यो विद्यालयको पक्की भवन
-
बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी सुरु
-
पालिकाले अस्पताल चलाएनन् भन्ने होइन, अब संघले नै चलाउनुपर्छ
-
बुटवलको कान्ति मावि विज्ञान विषयमा विशिष्टीकृत विद्यालय, प्रवर्द्धनात्मक कार्यक्रम तीव्र गतिमा
-
पालिकास्तरीय अस्पतालमा प्रदेश सरकारलाई किन जोडिएन ?
-
बौरिन खोज्दै राजावादी आन्दोलनमा जलाइएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी