विद्यालय शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति गठन हुने

काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरी विधेयकलाई अझ व्यवस्थित बनाइने बताए । उनले असल शिक्षा बनाउनका लागि के–के मोडलमा जान सकिने हो ? समितिले पनि प्रस्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाउन उपसमिति वा समन्वय समिति बनाउने बताए । उनले उपसमिति भने आगामी बैठकबाट बनाइने पनि जानकारी दिए ।
उनले भने, ‘असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो ? हामी पनि प्रस्ताव गरौँ । सरकारको धारणा पनि यसमा संलग्न गरौँ । यसका लागि उपसमिति वा समन्वय समिति बनाएर पनि अघि बढौँ की भन्ने मेरो चाहना छ ।’
सभापति थापाले विधेयकको विषयमा छनोट गरेर कुन–कुन राख्दा विधेयक अझ राम्रो हुन्छ त्यसमा अघि बढ्नेगरी तयारी गर्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म
-
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै
-
भारत र पाकिस्तानलाई युद्ध रोक्न नागरिक समाजको अपिल
-
पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
-
बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
-
आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित