विद्यालय शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति गठन हुने
काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरी विधेयकलाई अझ व्यवस्थित बनाइने बताए । उनले असल शिक्षा बनाउनका लागि के–के मोडलमा जान सकिने हो ? समितिले पनि प्रस्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाउन उपसमिति वा समन्वय समिति बनाउने बताए । उनले उपसमिति भने आगामी बैठकबाट बनाइने पनि जानकारी दिए ।
उनले भने, ‘असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो ? हामी पनि प्रस्ताव गरौँ । सरकारको धारणा पनि यसमा संलग्न गरौँ । यसका लागि उपसमिति वा समन्वय समिति बनाएर पनि अघि बढौँ की भन्ने मेरो चाहना छ ।’
सभापति थापाले विधेयकको विषयमा छनोट गरेर कुन–कुन राख्दा विधेयक अझ राम्रो हुन्छ त्यसमा अघि बढ्नेगरी तयारी गर्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण