तिजका बेला पशुपति क्षेत्रमा मासु र मदिरा प्रतिबन्ध
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले हरितालिका तिजको बेला पशुपति क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थमा प्रतिबन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न यो सूचना जारी गरिएको बताएका हुन् ।
सूचनामा भनिएको छ, ‘भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्र भित्रको सुरक्षा लगायत धार्मिक एवं सांस्कृतिक मर्यादा तथा पवित्रता कायम राख्ने उद्देश्य समेतलाई मध्यनजर गरी यही भदौ २० गतेदेखि भदौ २२ गतेसम्मका लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको छ ।’
गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क - उमाकुण्ड - गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा यो लागु हुने सूचनामा उल्लेख छ । कोही कसैले यो सूचनाको बर्खिलाप गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट पारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण