बागमतीका सभामुख र उपसभामुखको सेवा सुविधामा सकियो ८५ लाख
मकवानपुर । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक र उपसभामुख अप्सरा चापागाईंको नाममा गत आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमध्ये ८५ लाख ४ हजार रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारले गत आर्थिक वर्षका लागि सभामुख र उपसभामुखको सेवा सुविधाका लागि विभिन्न शीर्षक अन्तर्गत १ करोड २३ लाख रुपैयाँ विनियोजन गरेकोमा ८५ लाख ४ हजार रुपैयाँ खर्च भएको हो ।
एक आर्थिक वर्षमा सबैभन्दा बढी क्रमशः तलब, इन्धन र सवारी मर्मत भ्रमण भत्तामा खर्च भएको छ । सभामुख पाठक र उपसभामुख चापागाईंले सवारी मर्मततर्फ ५ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् भने इन्धन सुविधा अन्तर्गत ५ लाख ३६ हजार रुपैयाँ खर्च गरेका छन् । सो शीर्षकहरू अन्तर्गत प्रदेश सरकारले क्रमशः १२ लाख रुपैयाँ र १० लाख ८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यसैगरी सभामुख र उपसभामुखको भ्रमण खर्च बापत ४ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि असारसम्मको अवधिमा विभिन्न क्षेत्रको भ्रमणबापत सभामुख पाठक र उपसभामुख चापागाईँले ४ लाख ५६ हजार रुपैयाँ खर्च गरेका हुन् ।
यस्तै पानी तथा बत्ती सुविधा अन्तर्गत विनियोजित २ लाख ७० हजार रुपैयाँ शत प्रतिशत खर्च भएको छ । सभामुख पाठक र उपसभामुख चापागाईंको पारिश्रमिक बापत १५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । सो शीर्षक अन्तर्गत प्रदेश सरकारले गत आर्थिक वर्षमा १५ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
यस्तै सभामुख पाठक र उपसभामुख चापागार्ईंको अन्य सुविधा अन्तर्गत प्राप्त ५५ लाख ३८ हजार रुपैयाँमध्ये ४९ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ भने विविध शीर्षकमा प्राप्त ४ लाख १ हजार रुपैयाँ मध्ये २ लाख २३ हजार रुपैयाँ खर्च भएको छ ।
सभामुख पाठक र उपसभामुख चापागाईंले पोसाक, महँगी भत्ता र बैठक भत्ता भने बुझेका छैनन् । प्रदेश सरकारले सो शीर्षक अन्तर्गत क्रमशः १ लाख १० हजार रुपैयाँ, २ लाख ६४ हजार रुपैयाँ, १ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण