दोलखामा खुल्यो प्रदेशको पूर्वाधार विकास कार्यालय
हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले दोलखामा विभागीय कार्यालय स्थापना गरेको छ । मन्त्रालयले दोलखामा पूर्वाधार विकास कार्यालयको स्थापना गरेको हो ।
विकास निर्माणसँग सम्बन्धित कामका लागि सेवाग्राहीले एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने बाध्यता अन्त्य गर्न विभागीय कार्यालय स्थापना गरिएको हो । मन्त्रालयले कार्यालय स्थापना गरेसँगै सो कार्यालय प्रमुखको जिम्मेवारी हरि प्रसाद ओझालाई दिएको छ ।
यसअघि दोलखामा सो कार्यालय नहुँदा सडक, पुल, झोलुंगे पुल लगायत विकास निर्माणसँग सम्बन्धित कामका लागि सेवाग्राही सिन्धुपाल्चोक जानुपर्ने अवस्था रहेको थियो । सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयले दोलखामा समेत सेवा प्रवाह गर्ने गरेको थियो ।
नयाँ आर्थिक वर्षबाट सेवाग्राही सेवा लिनका लागि एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने गरी भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालयको व्यवस्थापन गरिएको प्रमुख ओझाले बताए । पूर्वाधार तथा विकास निर्माणसम्बन्धी सेवा लिनका लागि सहज हुने उनको भनाई छ । कार्यालयमा १२ जनाको दरबन्दी कायम गरिएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले संघीयताको कार्यान्वयनपछि जनताको घर आँगनबाटै सेवा प्रवाह गर्ने निर्देशन समेत दिएका थिए । सोही निर्देशन अनुसार दोलखामा विभागीय कार्यालय स्थापना गरिएको हो । जनताले विगतमा भन्दा झन् बढी सास्ती पाएकोले जिल्लामै पूर्वाधार कार्यालय स्थापना गरिएको मन्त्री काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण