संविधान अनुसार महिलाका अधिकार प्राप्त भएका छैनन् : मन्त्री काफ्ले
हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले संविधानको व्यवस्था अनुसार महिलाहरूले अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । मन्त्री काफ्लेले राज्यका विभिन्न निकायमा महिलाहरूको पहुँच देखिपनि सो प्रयाप्त नभएको बताए ।
हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले महिलाहरूलाई अधिकार सम्पन्न र आत्मनिर्भर बनाउन प्रदेश सरकारले ठोस योजना तयार गर्ने बताए । पिछडिएका महिलाहरूलाई राज्यको मूलधारमा ल्याउन सरकारले विभिन्न प्रकारका कार्यक्रमहरू ल्याउने उनको भनाई छ । उनले प्रदेशका महिलाहरूलाई आर्थिक सामाजिक रूपमा सबल बनाउन आफूले भूमिका खेल्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मी देवी श्रेष्ठले संविधानका व्यवस्थालाई आफू अनुकूल व्याख्या गरे समावेशिता माथि खेलबाड गरेको बताइन् । संविधानले दिएको उपाध्यक्ष पदमा समेत राजनीतिज्ञहरूले अनुकूलतामा व्याख्या गरेर हस्तक्षेप गरेको उनले बताइन् ।
डकर्मी र खेलकर्मी महिला सम्मानित
कार्यक्रममा खेलकर्मी र डकर्मी महिला जागरूक महिला सम्मानबाट सम्मानित गरिएको थियो । हरितालिका तीजको अवसरमा आयोजित उक्त कार्यक्रममा डकर्मी र खेलकर्मी २ महिलालाई सम्मान प्रदान गरेको हो ।
सम्मानित हुनेमा हेटौंडा ५ की खेलकर्मी सरेशा ढुंगाना र हेटौंडा १९ बस्तीपुरकी डकर्मी गौरीमाया सिन्तान रहेकी छिन् । ढुंगाना तीन दशकदेखि तेक्वान्दो खेलसँग आबद्ध रहेकी छिन् भने सिन्तान १२ वर्षदेखि डकर्मी पेसामा रहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण