एन्फा महिला लिग : आर्मीको फराकिलो जित
काठमाडौँ । विमला चौधरीको प्रेरणामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जारी एन्फा महिला लिगमा सुखद सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले लिगमा डेब्यु गरेको संकटा फुटबल क्लबमाथि ४–० जित निकालेको हो । अधिकांश काठमाडौँमा फुटबल खेल्ने खेलाडी सम्मिलित बनेको संकटाविरुद्ध विभागीय टोली आर्मी पूर्ण हाबी भयो । खेलको २२ औँ मिनेटमा आर्मीले सावित्रीदेवि मगरको गोलबाट शुरुमै अग्रता लियो । चन्द्रा भण्डारीले दिएको बललाई सावित्रीले करिब ६ यार्डनजिकबाट गोल गरेकी हुन् । त्यससँगै आर्मी छिट्टै १–० ले अगाडि रह्यो । दबाबमा बनाइरहेको आर्मीले एकपछि अर्को अवसर बुन्यो । तर पहिलो हाफमा गोल भने निस्किएन ।
दोस्रो हाफमा पनि विभागीय टोलीले दबाब बनायो । ६० औँ मिनेटमा विमला चौधरीले अर्को गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । चन्द्रा भण्डारीले संकटाका गोलकिपर र डिफेन्डरलाई बिट गर्दै दिएको पासमा विमलाले सहजै गोल गरिन् । ७१ औँ मिनेटमा आर्मीले तेस्रो गोल गर्यो । विमले चौधरीको कर्नर प्रहारमा संकटाका डिफेन्डर सजक नहुँदा सीधै गोलमा परिणत भएको हो । विमलाको प्रहार अनुसा थेबेले रोक्न खोज्दा जाली चुम्यो । आर्मीले ७७ औँ मिनेटमा टोलीको अग्रता ४–० मा पुर्यायो ।
चन्द्रा भण्डारीको पासमा अनिता लम्जेलले करिब आठ यार्डबाट खाली पोस्टमा गोल गरिन् । यसअघि मंगलबार विभागीय टोली नेपाल पुलिस र एपिएफबिचको खेल गोलरहित बराबरीमा सकिँदा तेस्रो विभागीय टोलीले भने जित निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण