०८४ मा एमाले बलियो शक्तिका रूपमा स्थापित हुन्छ : महासचिव पोखरेल
सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताएका छन् । लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक भएको बताउँदै त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले ०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने उनको भनाइ छ ।
बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पोखरेलले युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको बताए । तर त्यसका लागि सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्ने बताए ।
उनले एमाले–कांग्रेसको सरकार बनेपछि राजश्व वृद्ध हुन थालेको दाबी गरे ।
साथै उनले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको बताए । ‘त्यो अतिवादी दृष्टिकोणबाट भइरहेको छ,’उनले भने । साथै उनले प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको बताए । ‘प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन,’उनले भने, ‘त्यो लोकतान्त्रिक हुन सक्दैन ।’
काठमाडौँका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको टकरावलाई लिएर पोखरेलले बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको बताए । बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनको भनाइ थियो ।
एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहबारे एक महिलाले लगाएको आरोपबारे त्यो कथा बुनिएको बताए । उनले भने, ‘त्यो अनुचित भएको हो, स्वयम् ती महिलाले मलाई भेटेर मैले त्यसो भनेको हैन भनेर भनेको छन्, त्यो कथा बनाउन जरुरी छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण