प्रिमियरमा ‘देवी’ बारे प्रतिक्रिया : फिल्मले समाजमा जाँगर फैल्याउँछ
काठमाडौँ । तिजको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’ को बुधबार साँझ प्रिमियर गरिएको छ । कमलपोखरीको सिटी सेन्टरस्थित बिग मूभिज हलमा आयोजित प्रिमिएरमा अभिनेता कर्मा शाक्य, गजित विष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधरलगायतका कलाकारको अलवा फिल्ममा कलाकार शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राई समेत सहभागी थिए । प्रिमियरमा फिल्म हेर्ने अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिए ।
कार्यक्रममा अभिनेत्री सृष्टि श्रेष्ठले फिल्मको विषयवस्तुले भावुक बनाएको बताइन् । नेपालमा बलात्कार र महिला हिंसाको कानुन बलियो छ । तर, त्यसको प्रभावकारी कार्यान्वयनको जरुरी रहेकाले ‘देवी’ जस्ता फिल्मले सरकारलाई घचघचाउन सफल हुने बताइन् ।

अभिनेत्रीद्धय लुनिभा तुलाधर र मेनुका प्रधानले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए । उनीहरुले यस्ता फिल्म धेरै भन्दा धेरै बने समाजमा जाँगर फैलिने बताए । अभिनेता कर्मा शाक्यले ‘देवी’ले गहन विषयलाई उत्कृष्ट ढङ्गले प्रस्तुत गरेकाले आफ्नो मन छोएको बताए । फिल्मका कलाकारले पाँच वर्ष लामो परिश्रम प्रिमियरमा मिलेको प्रतिक्रियाले सफल भएको जस्तो महसुस गरेको बताए ।
निर्देशक राईले फिल्म हल रिलिज पश्चात् नेपालमा विभिन्न ठाउँमा देखाएर समाजलाई जागृत गराउने अभियान थाल्ने जानकारी दिए । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा निर्माण भएको ‘देवी’ प्रदर्शनमा बाँसुरी फिल्म्सले सहकार्य गरेको छ । फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय छ । फिल्मको एक्सन सन्जेन थापाको छ ।
रेमन गुरुङ र सन्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको छायाङ्कन रहेको फिल्मको वितरक मनोज राठी र उज्वल पौडेल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
-
काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
-
उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल फेला, सम्बन्धितलाई हस्तान्तरण
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
-
आँसु पुछ्न औँला छैनन्...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण