देशभर ७८ जनामा हैजा संक्रमण पुष्टि
बिहीबार, २० भदौ २०८१, १८ : १४
काठमाडौँ । देशभर ७८ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर हैजा संक्रमित सङ्ख्या ७८ जना पुगेपनि अस्पताल भर्ना नरहेको जनाइएको हो ।
संक्रमितमध्ये ललितपुरका मात्र ५१ जना रहेका छन् । यस्तै, काठमाडौँमा १२ जना, कैलालीमा ८ जना, प्युठान २ जना, मकवानपुर १ जना र रोल्पाका ४ जना रहेका छन् । यी सबै बिरामी निको भइसकेका ईडीसीडीले जनाएको छ ।
बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण