विश्वकप छनोट फुटबल : अर्जेन्टिनासँग हारेपछि चिली अप्ठ्यारोमा
काठमाडौँ । विश्वकप फुटबलको छनोट चरणको आफ्नो पछिल्लो खेलमा अर्जेन्टिनाले जित हात पारेको छ । दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई ३–० गोलले हराएको हो ।
निरन्तरको हारसँगै चिलीको विश्वकप यात्रा अनिश्चित बन्दै गएको छ । सन् २०२६ को विश्वकप फुटबलका लागि यो छनोट प्रतियोगिता खेलिएको हो । अन्य महादेशमा भने आगामी विश्वकपको छनोट प्रतियोगिता सुरु भएको छैन ।
चिलीविरुद्धको खेलमा अर्जेन्टिनाले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो । निर्धारित समयको ४८औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए । ८४औँ मिनेटमा जुलियन अल्भारेजले टोलीको अग्रता दोब्बर बनाएका थिए ।
घरेल मैदानमा खेलिएको खेलमा दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अर्जेन्टिनाका लागि पाउलो डिबालाले तेस्रो गोल गरेका थिए । हालसम्म सात खेल खेलिसकेको अर्जेन्टिना १८ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।
अर्जेन्टिनाले सातमध्ये ६ खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । ६ खेलबाट १३ अंक जोड्दै उरुग्वे दोस्रो स्थानमा छ । ६ खेलबाट १२ अंक बटुलेको कोलम्बिया तेस्रो र सात खेलबाट नौ अंक जोडेको भेनेजुएला चौथो स्थानमा छन् ।
यसैगरी, ६ खेलबाट आठ अंक जोडेको इक्वाडर पाँचौँ, ६ खेलबाट सात अंक जोडेको ब्राजिल छैटौँ, सात खेलबाट ६ अंक हात पारेको बोलिभिया सातौँ, ६ खेलबाट पाँच अंक बटुलेको पाराग्वे आठौँ, सात खेलबाट पाँच अंक जोडेको चिली नवौँ र ६ खेलबाट दुई अंक कमाएको पेरु १०औँ स्थानमा छन् ।
अर्जेन्टिना फिफा विश्वकपको साविक विजेता राष्ट्र पनि हो । चिलीविरुद्धको खेलमा भने अर्जेन्टिना नियमित कप्तान लियोनल मेस्सी बिना नै मैदानमा ओर्लिएको थियो । उनी घाइते भएका कारण लामो समयदेखि मैदान बाहिर छन् ।
समकालीन विश्व फुटबलका महान खेलाडी मेस्सी केही समयअघि कोपा–अमेरिकाको फाइनल खेल्ने क्रममा घाइते भएका थिए । यसैबिच, विश्वकप छनोटको शुक्रबार विहान नै सम्पन्न अर्को खेलमा बोलिभियाले भेनेजुएलालाई ४–० गोलले हाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण