बन्द स्टेडियममा खेलाइएको खेलमा बेल्जियमले इजरायललाई हरायो
हंगेरी । केभिन डी ब्रुयनाले दुई गोल गरेपछि यूईएफए नेसन्स लिगमा बेल्जियमले इजरायललाई सजिलै हराएको छ । शुक्रबार राति हंगेरीमा बन्द स्टेडियमभित्र खेलाइएको खेलमा बेल्जियमले ३–१ गोलको जित हासिल गर्न सफल भएको हो ।
इजरायल–हमास युद्ध जारी रहेका बेला बेल्जियमका थुप्रै सहरले सुरक्षाको कारण देखाउँदै यो खेल आयोजना गर्न अस्वीकार गरेका थिए । त्यसपछि खेल हंगेरीमा बिना दर्शक खेलाउने निर्णय गरिएको थियो । गत अक्टोबरमा बेल्जियम र स्विडेनबिचको युरो २०२४ छनोट खेलअघि एक बन्दुकधारीले दुई स्विडिस समर्थकको हत्या गरेका थिए ।
खेलको २१ औँ मिनेटमा डी ब्रुयनाले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । तर, ३८ औँ मिनेटमा टिमोथी कास्टाग्नेले आत्मघाती गोल गरेपछि इजरायलले बराबरी गोल फर्कायो ।
दोस्रो हाफको सुरुवातमा नै योरी टिलेमान्सले पुनः बेल्जियमलाई अग्रता दिलाए । चार मिनेटपछि कप्तान डी ब्रयुनाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जित दिलाए । बेल्जियमले यसपछि पनि अर्को पेनाल्टी पाएको थियो । तर, लोइस ओपेन्डाको प्रहार गोलकिपरले रोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण