रौतहटस्थित बागमती नदीमा युवकको शव फेला
शनिबार, २२ भदौ २०८१, १४ : ३६
रौतहट । रौतहटमा एक युवकको शव फेला परेको छ । शनिबार वृन्दावन नगरपालिका १ रमौली घाटस्थित बागमती नदीमा अन्दाजी ३०–३५ वर्षका युवकको शव फेला परेको हो ।
सशस्त्र प्रहरी बेस क्याम्प समनपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट गएको संयुक्त टोलीले शनिवार दिउँसो उक्त शव निकालेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।
भेटिएको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको सशस्त्र प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ। बरामद शवको सनाखत भएको छैन ।
मृतकको पहिचान खुलाउनका लागि सबैले सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण