जनताका लागि जन्मिएको पार्टीले भ्रष्टाचार गर्न सक्दैन : उपसभापति अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने बताएका छन् ।
चार महिना सरकारमा बस्दा गरेका कामहरू देखेर राजनीतिक पेसा बनाएकाहरू तर्सिएको अर्यालले बताएका हुन् ।
शनिबार सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन एवं बृहत् भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने दाबी गरे । उनले भने, ‘चार महिना सरकारमा रहँदा भ्रष्टाचारका फाइलहरू खुल्दा राजनीतिक पेसा बनाएकाहरू तर्सिएका छन् । हामी विचलित हुनेवाला छैनौँ, परिमार्जन भएर अगाडि बढ्दै जान्छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले भ्रष्टाचार गरे भने अथवा भ्रष्टाचार गरेको पुष्टि भयो भने जोगाउन सकिँदैन ।’
साथै उनले समय र परिस्थितिले जस्तो ठाउँमा पुर्याए पनि विचलित नभएको बताए । उनले भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएको पार्टी कहिले विचलित नहुने दाबी गरे ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका बारेमा २०७९ साल असार ७ गते राष्ट्रिय सभा गृहमा पार्टी सभापति रवि लामिछाने जे बोल्नु भएको थियो हामी त्यहीँ हौँ । भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएका हौँ । त्यहीँ अडिग रहिरहनेछौँ । कतै विचलित भएका छैनौँ, चेन्ज भएका छैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण