कालिकोटमा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते, ५ को अवस्था गम्भीर
शनिबार, २२ भदौ २०८१, १८ : ३९
सुर्खेत । कालिकोटमा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शनिबार दिउँसो जुम्लाको सिञ्जादेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खल्लागाड भन्ने ठाउँमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी तीन जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ । गाडीमा १४ जना सवार रहेको जिल्ला प्रहरी कालिकोटले जनाएको छ । यस्तै गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण