बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन
बुटवल । बुटवलको मैनाबगरमा ‘अटो इन्जिनियरिङ कलेज’ स्थापना गर्ने योजना अगाडि बढाएको छ । बुटवल उपमहानगरपालिका र काठमाडौँ विश्वविद्यालयको सहयोगमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले जनाएको हो।
आज बुटवलमा पत्रकार सम्मेलनमा गरेर प्रतिवेदन सार्वजनिक गर्दै एसोसिएसनका अध्यक्ष तुलसीराम न्यौपानेले बुटवलमा सो कलेज स्थापनाका लागि वर्तमान शिक्षा ऐन नै बाधक रहेको बताए । न्यौपानेले बुटवलमा प्राविधिक धारको कलेज आवश्यक रहेको विषयमा बुटवल उपमहानगरपालिकाले पनि पटक पटक आवाज उठाउँदै आएको जिकिर गरे ।
बुटवलमा रहेको अटो भिलेजमा हाल १ हजार भन्दा बढी व्यवसायीहरू रहेको जनाइएको छ । जसमा ८ हजार भन्दा बढी कर्मचारीहरूले रोजगारी पाएको अटो इन्जिनियरिङ एसोसिएसनको तथ्याङ्क छ ।
यसमध्ये करिब २० प्रतिशत मात्रै डिप्लोमा लेभलको कोर्स पूरा गरेका दक्ष जनशक्ति रहेका छन् । अन्य सबै अन्य विषय पढेका वा व्यवहारिक सीप, दक्षता भएका जनशक्तिहरूले काम गर्दै आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण