भेनेजुएलामा विपक्षी दलका नेता विदेश पलायन
कारकास । भेनेजुएलामा राष्ट्रपति निर्वाचनमा प्रतिपक्ष दलका उमेदवार रहेका नेता एडमन्डो गोन्जालेज विदेश पलायन भएका छन् । उनले स्पेनमा राजनीतिक शरण लिएको भेनेजुएलाको सरकारलाई उदृत गर्दै बीबीसीले समाचार छापेको छ ।
जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि एडमन्डो गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसयता नै उनी लुकेर बसेका थिए ।
राष्ट्रपति चुनावको नतिजामा सरकार नियन्त्रित राष्ट्रिय निर्वाचन परिषद्ले निकोलस मादुरोलाई विजयी घोषणा गरेको थियो । केही दिनअघि स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएपछि आफूलाई राजनीतिक शरण दिन एडमन्डो गोन्जालेजले स्पेनी सरकारलाई आग्रह गरेको भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा भनेकी थिइन् ।
सरकार उनलाई सुरक्षित रुपमा देश बाहिर जान दिन राजी भएको र उनी देश छाडेर गएको पनि उनको भनाइ थियो । गोन्जालेज भेनेजुएलाबाट स्पेनी वायुसेनाको विमानमा उडेको स्पेनका विदेशमन्त्री मानुएल अल्बेरेसले बताएका थिए ।
भेनेजुएलामा चुनावी नतिजा आएपछि राजनीतिक उथलपुथल भएको छ । विपक्षी दलहरूले यो चुनावमा गोन्जालेज भारी मतले विजयी भएको दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण