दराज नेपालद्वारा ९.९ वार्षिकोत्सव अभियानको घोषणा, के-के छन् विशेषता ?
काठमाडौँ । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ९.९ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६०% सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ ।
भदौ २४ देखि २६ गतेसम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
यस ९.९ बार्षिक उत्सव अभियानको प्रमुख आकर्षणहरू मध्ये एकको रूपमा, खरीकर्ताहरूले न्यूनतम मूल्य रु.४ सय ९९ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गरी “फ्री डेलिभरी“ भाउचरहरू सङ्कलन गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधि भर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६०% सम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् ।
त्यसैगरी, दराज एपमा दैनिकरुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरूको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहनेपनि कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ९.९ वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसँग मात्र सम्बन्धित नभई आफ्ना उपभोक्ता तथा विक्रेताहरू समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो ।
दराज नेपालको ९.९ अभियानबारे थप जानकारी www.daraz.com.np वा फेसबुक पेज वा दराज एपमार्फत पाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण