एन्फा महिला लिग फुटबल : कोशीको लगातार तेस्रो जित, कर्णालीलाई सजिलै हरायो
काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले लगातार तेस्रो जित हासिल गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ४–० गोलको फराकिलो अन्तरले हरायो ।
जारी लिगमा कोशी प्रदेशको यो लगातार तेस्रो जित हो । कोशी प्रदेशको सजिलो जितमा पूर्णिमा राईले दुई गोलको योगदान गरिन् । कोशी प्रदेशका लागि प्रतीक्षा राई र समीक्षा मगरले पनि एक–एक गोलको योगदान गरे ।
हालसम्म तीन खेल खेलेको कर्णाली प्रदेशको भने यो दोस्रो हार हो । एक खेलमा भने कर्णाली प्रदेश बराबरीमा रोकिएको थियो । तीन खेलबाट नौ अङ्क बटुलेको कोशी प्रदेश तालिकाको पहिलो स्थानमा आसीन छ ।
तीन खेल खेलेको कर्णाली प्रदेश एक अङ्कसहित तालिकाको नवौँ स्थानमा छ । जारी महिला लिगमा १० वटा टोलीको सहभागिता रहेको छ । आफूले खेलेको दुवै खेलमा पराजय भोगेको सुदूरपश्चिम प्रदेश तालिकाको अन्तिम स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण