रासायनिक मल वितरण व्यवस्थापन निर्देशिका संशोधनको तयारी
काठमाडौँ । सरकारले रासायनिक मल वितरण व्यवस्थापन निर्देशिका संशोधन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ आगामी असोज मसान्तसम्ममा संशोधन गर्ने जनाएको हो ।
अनुदानको मल बिक्री वितरण प्रक्रियाको सरलीकरणका लागि सो निर्देशिका संशोधन गर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा सूचना अधिकारी महानन्द जोशीका अनुसार रासायनिक मल वितरण प्रणालीमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधार गरिने भएको हो । मल पर्याप्त भए पनि त्यसलाई वितरण तथा व्यवस्थापनमा समस्या देखिएका कारण त्यसलाई सरल र सहज बनाउनका लागि ऐन संशोधन गर्न लागिएको उनको भनाइ छ ।
सरकारले निर्देशिका तयार गरी सोही अनुसार तीन वटै तहमा मल वितरण तथा व्यवस्थापन सुरु गरेको थियो । तर त्यसमा समस्या देखिएका कारण त्यसलाई संशोधन गर्न लागिएको हो ।
रासायनिक मलको सहजताका लागि सरकारले हालै मात्र मलबारे जानकारी लिन मिल्ने कल सेन्टर स्थापना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण