रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो
किएभ । गत साता पोल्टावा सहरमा भएको ठुलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीन जनाको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या ५८ पुगेको युक्रेनले आइतबार बताएको छ ।
सेन्ट्रल सिटीमा सेप्टेम्बर ३ मा भएको आक्रमण पछिल्ला केही महिनामा सबैभन्दा घातक रुसी आक्रमण थियो । उक्त आक्रमणमा सैन्य शिक्षा संस्थानलाई लक्षित गरिएको थियो ।
युक्रेनी अधिकारीहरूले मृतकहरूमा कति सैनिक वा नागरिक थिए भन्नेबारेमा बताएको छैन । पोल्टावाका गभर्नर फिलिप प्रोनिनले टेलिग्राम पोस्टमा भने, “दुःखको कुरा, सेप्टेम्बर ३ मा पोल्टावामा भएको रुसी आक्रमणमा घाइते भएका थप तीन जनाको अस्पतालमा मृत्यु भएको छ, मृतकको सङ्ख्या बढेर ५८ पुगेको छ ।”
उक्त आक्रमणको किएभका अन्तर्राष्ट्रिय समर्थकहरूले व्यापक आलोचना गरेका छन् । रुसले बाहिर भइरहेको सैन्य समारोहलाई लक्षित गरेको रिपोर्टहरू बाहिरिएपछि किएभमा केही आक्रोश बढेको छ ।
आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिमी मुलुकहरूसँग हवाई रक्षा प्रणाली प्रदान गर्न आफ्नो आह्वानलाई दोहोर्याएका छन् । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण