प्रहरी कर्मचारीलाई शक्तिकेन्द्रमा जानुअघि पूर्व अनुमति लिन सर्कुलर
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आफ्ना कर्मचारीलाई पूर्व अनुमति बिना अन्य निकायका पदाधिकारी र राजनीतिक दलका नेता कार्यकर्तासँग भेट्न रोक लगाएको छ ।
शक्तिकेन्द्रमा जाँदा आफ्नो माथिल्लो कमाण्डमा जानकारी गराएर अनुमति लिन प्रहरी महानिरीक्षकको सचिवालयले देशभर सर्कुलर गरेको हो । सर्कुलर अनुसार गृहमन्त्री, गृह मन्त्रालयका सचिव र अन्य मन्त्रीहरूलाई भेट्नुपर्ने भएमा जानकारी दिनु पर्नेछ । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृत भन्छन्, ‘सरुवा, बढुवा लगायतका कुरामा शक्तिकेन्द्रबाट धेरै दबाब आएपछि सो सर्कुलर गरिएको हो ।’
भेट्न जानुअघि प्रयोजन खुलाएर अनुमति लिएपछि मात्र भेट्न पाइने सर्कुलरमा उल्लेख छ । प्रहरी प्रधान कार्यालयले यसअघि पनि यस्ता सर्कुलर गर्दै आएको थियो ।
प्रहरी नियमावली–०७१ को नियम १०५ मा ‘प्रहरी कर्मचारीले बाहिरी प्रभाव पार्न नहुने’ भन्ने व्यवस्था छ । प्रहरी कार्यालयले शक्तिकेन्द्रमा भनसुन गराएर अनुचित प्रभाव पार्न खोजे कारबाही गरिने चेतावनी दिएको छ । प्रहरी नियमावली अनुसार त्यस्ता क्रियाकलापमा संलग्न कर्मचारीहरूलाई नसियत दिने र ग्रेड घटुवा गर्नेसम्मको कारबाही हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण