मुख्य सचेतक बर्तौलाको प्रश्न : पाँचथरमा बेवारिसे बम विस्फोटको जिम्मा कसले लिन्छ ?
सोमबार, २४ भदौ २०८१, १३ : २९
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पाँचथरमा बेवारिसे बम विस्फोट र २ जनाको ज्यान गएको बारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकले सदनमा उपस्थित भएर घटनाबारे जानकारी गराउनुपर्ने बताए ।
उनले भने‚‘ केही समय अघि पाँचथरमा बेवारिसे बम फेला भएको र उक्त बम विस्फोट हुँदा २ जनाको ज्यान गएको छ । यतिका दिनसम्म यस घटनाका दोषी को हो ? यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ । विशेष गरेर गृहमन्त्रीले जानकारी गराउनुपर्छ ।’
उनले सशस्त्र द्वन्द्वको समयमा छोडिएका बम विस्फोट भएको भन्दै उनले यस घटनाको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण