मुख्य सचेतक बर्तौलाको प्रश्न : पाँचथरमा बेवारिसे बम विस्फोटको जिम्मा कसले लिन्छ ?
सोमबार, २४ भदौ २०८१, १३ : २९

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पाँचथरमा बेवारिसे बम विस्फोट र २ जनाको ज्यान गएको बारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकले सदनमा उपस्थित भएर घटनाबारे जानकारी गराउनुपर्ने बताए ।
उनले भने‚‘ केही समय अघि पाँचथरमा बेवारिसे बम फेला भएको र उक्त बम विस्फोट हुँदा २ जनाको ज्यान गएको छ । यतिका दिनसम्म यस घटनाका दोषी को हो ? यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ । विशेष गरेर गृहमन्त्रीले जानकारी गराउनुपर्छ ।’
उनले सशस्त्र द्वन्द्वको समयमा छोडिएका बम विस्फोट भएको भन्दै उनले यस घटनाको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउका बिच संसद् चलाइयो, तस्बिरहरू
-
इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु
-
संसद्को कारबाही जबरजस्ती अगाडि बढाउन खोजियो : अध्यक्ष लिङ्देन
-
संसद् बैठक : राप्रपाको बहिस्कार, रास्वपाको नाराबाजी
-
राना थारू समुदायबाट पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल कोर्ट पुगेका अशोक
-
परिवार र आफन्तसँग अलविदा भन्दै सम्पर्कविहीन भए डा.केशव श्रेष्ठ