शुल्क तिर्न १८ हललाई चलचित्र विकास बोर्डको पत्र
काठमाडौँ । चलचित्र विकास बोर्डले उपत्यका बाहिरका १८ हललाई पत्र काटेको छ । बोर्डलाई तिर्न बाँकी रहेको चलचित्र विकास शुल्क छिटो तिर्न भन्दै हलहरूलाई पत्र काटिएको चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले रातोपाटीलाई जानकारी दिएका हुन् ।
पत्रमा विकास शुल्कको अलावा बक्स अफिसमा जडान गर्न समेत भनिएको छ । बोर्ड अध्यक्ष दिनेश डिसीले अन्तिम पटक भन्दै ताकेता सहितको पत्र काटेको उल्लेख गरिएको छ ।
बोर्डले लमजुङको अन्नपूर्ण चलचित्र मन्दिर, मलगंवाको पुष्प टाकिज, विराटनगरको विराट सिनेमा, धनकुटाको सीबी सिनेमा, महेन्द्रनगरको सेती महाकाली टाकिज, सिरहाको बुद्ध सिनेमा, परासीको म्याङ्गो प्लेजर, हेटौँडाको नारायणी मल आचार्य प्लाजा, बुटवलको ब्लुमुन इन्टरटेनमेन्टलाई पत्र काटेको छ ।
यस्तै आशा चलचित्र मन्दिर जनकपुर, जोशी टाकिज कैलाली, नुवाकोटको जगदम्बा चलचित्र मन्दिर, हेटौँडाको ओमेक्स चलचित्र मन्दिर, दाङको भीएफएक्स सिनेमाज् प्रालि, पोखराको हिमाज जादुज, विराटनगरको हिमालय टाकिज, बुटवलको द्वारिका उदय सिनेमा र वीरगञ्जको बजरंगी पिक्चर्स प्रालिलाई समेत पत्र काटिएको छ ।
यसपटक अनुरोध नमाने कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत पत्रमा दिइएको बोर्ड सदस्य अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण