सांसद श्रेष्ठको आक्रोश : ओली शासनलाई इतिहासले कसरी हेर्छ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा नभएको ११ दिन भएको तथा एक हजार ४ सय विद्यार्थी समस्यामा परेको बताएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाल कृषि प्रधान देश भएको र अबका दिनमा यान्त्रीकरणमा जाने भनिरहँदा विश्वविद्यालयमा परीक्षा पठन पाठन ठप्प भएको भन्दै आक्रोश पोखिन् । चार वर्षमा सक्ने व्याचलर सक्न कति वर्ष लाग्ने हो भन्दै उनले प्रश्न समेत गरिन् ।
‘यो विश्वविद्यालय पठन पाठन कम र पार्टीहरूको पार्टी प्यालेस हुन थालेको छ । एउटा प्रमको पार्टी, एउटा गृहमन्त्रीको पार्टी दुई विद्यार्थी सङ्गठनको लडाइमा हुन्छन्, पढ्छु भन्ने विद्यार्थी लडाइले पढ्न पनि पाएनन्‚’ उनले भनिन् ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार हुने भनिएको दीक्षान्त समारोह रोकिएकोमा पनि प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको आरोप लगाइन् । ‘राणा शासनमा एउटा विद्यालय खोलेको भन्छन्, ओली शासनलाई इतिहासले कसरी हेर्छ‚’ उनको आक्रोश थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण