कोशी प्रदेश सभा समितिको निर्वाचन २८ का लागि तोकियो
विराटनगर । कोशी प्रदेश सभाका संसदीय समितिको निर्वाचनको मिति भदौ २८ गतेका लागि तोकिएको छ । प्रदेश सभामा सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको हो ।
गत मंसिरमा समिति निर्माण भएपनि समितिको सभापति चयन भने हुनसकेको थिएन । प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको एक वर्षपछि समिति गठन भएको थियो भने झण्डै २१ महिनापछि समितिको सभापति चयन हुन लागेको हो ।
नेकपा एकीकृत समाजवादीले भने सभापति चयनको विषयमा पहिले भागबन्डा टुंगो लगाउनु पर्नेमा जोड दिएको छ । परामर्श समितिको बैठकमा सहभागी सांसद खिनु लङ्वा लिम्बूले केही समय पछि मात्रै सभापतिको निर्वाचन हुनुपर्ने माग गरिन् ।
जनता समाजवादी पार्टी (जसपा)की एक मात्रै सांसद निर्मला लिम्बूले पनि दलहरूबिच सहमति गरेर मात्रै चुनाव हुनुपर्ने बताएकी थिइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सविना बजगाईंले २८ गतेभित्रै चुनाव गर्नुपर्ने बताइन् । उनले समितिको सभापति चयनमा सबै दललाई समेटेर लैजानु पर्ने बताइन् । राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले पनि समिति सभापति चयनको विषय शीघ्र टुंगो लगाउनु पर्ने बताए ।
नेपाली कांग्रेसका दलका उपनेता हिमाल कार्कीले दोस्रो कार्यकालको उर्बर समय वितिसकेको बताउँदै संसदीय काम कारबाही अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले छलफल र सहमतिबाटै सभापति निर्वाचन गर्नेतर्फ लाग्नु पर्ने बताए ।
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले समय धेरै गुज्रिएको भन्दै २८ गतेसम्ममा यो प्रक्रियालाई टुंग्याउने सभामुखको कुरालाई समर्थन गर्ने बताए । सभापति चयनको मिति तोकेपछि बाँकी समयमा सहमतिको प्रयास गर्नुपर्ने उनले बताए ।
सहमतिकै आधारमा सभापति टुंगो लगाउने आफूहरूको चाहना भएको उनले बताए । यद्यपि सहमति गरेर मात्रै चुनावको मिति तोक्ने तिर जाँदा अझै लम्बिने भएकोले त्यस्तो गर्न नहुने उनले बताए ।
सभामुख अम्बर बहादुर विष्टले समितिका सदस्यहरूले सभापति चयन गर्ने भएकोले त्यहाँ सरकारमा रहेका दलले उदारताका साथ सहमति गरे राम्रो हुने बताए । सभामुख विष्टले संसद् अधिवेशन चलेकै अवस्थामै समिति सभापति चयन हुनुपर्नेमा जोड दिए । उनले २८ गते नै निर्वाचन गर्ने बताएका थिए ।
त्यस विषयमा असहमति जनाउँदै एकीकृत समाजवादीकी सांसद विद्या चाम्लिङले ठुला दलले पेल्न खोजेको बताइन् । उनले आफ्नो दल २८ र २९ गते हुने सभापतिको निर्वाचनमा सहभागी नहुने बताइन् ।
तर, सभामुख विष्टले भदौ २६ गतेको प्रदेशसभामा समितिका सदस्यहरूको नाम पढेर सुनाउने र २८ गते नै निर्वाचन भएर सभापतिको शपथग्रहण पनि सोही दिन हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण