यू–२० एसियन कप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा
काठमाडौँ । एसियाली फुटबल महासंघ (एएफसी) यू–२० एसियन कप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सोमबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
नेपाली टोलीमा गोलरक्षकको भूमिकामा जियारथ शेख, क्रिशल मोक्तान र अमित टमटा रहेका छन् । डिफेन्डरको भूमिकामा सविन घिमिरे, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सिमान्त थापा, आयुष तिम्सिना र दीपक थापामगर छन् ।
यसैगरी, घोषित टोलीको मध्यपँक्तिमा अभिनाश स्याङताङ, कुशल देउवा, लक्ष्छु थापा, सरोज दर्लामी र प्रशान्त लक्सम रहेका छन् । अग्रपँक्तिमा भने अनिल भोम्जन, धनसिंह विक, धर्बेन्दर कुँवर, निमा वाङ्गेल तामाङ, निरज कार्की, समिर तामाङ र निराजन धामी रहेका छन् ।
नेपाली टोली छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा नेपालसँगै चाइनिज ताइपेइ, उज्बेकिस्तान, बहराइन र कम्बोडिया पनि छन् । उक्त समूहको खेल सेप्टेम्बर २१ देखि २९ तारिखसम्म चाइजिज ताइपेइमा हुनेछ ।
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २१ तारिखमा कम्बोडियासँग खेल्नेछ । नेपालले सेप्टेम्बर २३ तारिखमा घरेलु टोली चाइनिज ताइपेईसँग दोस्रो खेल खेल्नेछ । नेपालले २५ तारिखमा उज्वेकिस्तानसँग र २७ तारिखमा बहराइनसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण