चर्चित स्ट्राइकर केन देशका लागि १००औँ खेल खेल्दै
काठमाडौँ । यूईएफए नेशन्स लिग फुटबलमा मंगलबार राति इंग्ल्याण्डले फिनल्यान्डको सामना गर्दैछ । यो खेल इंग्ल्याण्डका कप्तान ह्यारी केनका लागि विशेष छ । इंग्ल्याण्ड र फिनल्यान्डबिचको खेल नेपाली समय अनुसार, ००ः३० बजे बेम्बलीमा सुरु हुनेछ ।
३१ वर्षीय केनका लागि राष्ट्रिय टोलीबाट यो एक सयौँ खेल हुनेछ । इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट एक सय खेल खेल्ने केन १०औँ खेलाडी बन्नेछन् । प्रभावशाली स्ट्राइकर केनले सन् २०१५ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।
केन इंग्ल्याण्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले देशका लागि हालसम्म ९९ खेल खेल्दै ६६ गोल गरिसकेका छन् । उनी हाल जर्मन ‘पावर हाउस’ बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेल्छन् ।
इंग्ल्याण्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पिटर सिल्टन हुन् । उनले इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट एक सय २५ खेल खेलेका थिए । यो सूचीमा दोस्रो स्थानमा रहेको वेयन रुनीले एक सय २० खेल खेलेका थिए ।
यसैगरी, इंग्ल्याण्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको सूचिमा डेभिड बेकह्याम तेस्रो, स्टिभन जेरार्ड चौथो र बबी मुर पाँचौँ स्थानमा छन् । बेकह्यामले एक सय १५, जेरार्डले एक सय १४ र मुरले एक सय आठ खेल खेलेका छन् ।
यो सूचीमा एस्ले कोल छैटौँ, बबी चार्लटन सातौँ, फ्रांक लाम्पार्ड आठौँ र बिली राइट नवौँ स्थानमा रहेका छन् । सक्रिय खेल जीवनबाट सन्न्यास लिनुअघि कोलले एक सय सात, चार्लटनले एक सय ६, लाम्पार्डले एक सय ६ र राइटले एक सय पाँच खेल खेलेका थिए ।
केनले देशका लागि एक सय खेल खेल्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताएका छन् । ‘इंग्ल्याण्डका लागि एक सय खेल खेल्ने खेलाडीको सूचि हेर्दा त्यहाँ सबै महान् खेलाडीको मात्र उपस्थिति देख्न पाइन्छ । त्यसैले मेरा लागि पनि यो गौरवको विषय हुनेछ,’ उनले भनेका छन् ।
केनले देशका लागि एक सय खेलको कोशेढुङ्गा पार गरेपछि आफ्नो अर्को लक्ष्य राष्ट्रिय टोलीबाट एक सय गोल गर्नु रहेको बताए । ‘एक सय खेल अनि, एक सय गोल वास्तवमै रमाइलो लक्ष्य हो । अब मेरो ध्यान यसैमा केन्द्रित हुनेछ,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण