सेयर बजार निरन्तर ओरालो, तीन दिनमा ६९ अंकको गिरावट
काठमाडौँ । पछिल्ला केही दिनमा सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागेको छ । आज (मंगलबार) नेप्सेमा १३ अंकको गिरावट आयो ।
सोमबार बजार ५५ अंकले घटेको थियो भने आइतबार २५ अंकले झरेको थियो ।
यो साताको तीन दिनमा मात्रै परिसूचक ६९ अंकले घटेको छ । आइतबार २७०१ बिन्दुमा रहेको बजार मंगलबार २६३२ अंकका ओर्लिएको छ ।
मंगलबार कारोबार रकम पनि घटेको छ । यसअघि १० अर्ब हाराहारी दैनिक कारोबार हुने गरेको थियो । मंगलबार ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार कुल ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
मंगलबार व्यापार उपसमूहको सूचक ०.७९ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक घटेको छ ।
मंगलबार कारोबार भएकामध्ये १७० कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यस्थिर रह्यो भने ६७ कम्पनीको मूल्य बढेको छ ।
मंगलबार मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । कारोबार रकमका हिसाबले मंगलबार हाइड्राइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी शीर्षमा रह्यो । यसको कुल २९ करोड ८१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । कारोबार बन्द हुँदा यसको सेयर मूल्य प्रतिकित्ता १७७ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण