आयोजना बैंक कार्यान्वयन गर्न बागमतीमा अध्ययन समिति बनाइने
हेटौंडा । बागमती प्रदेशको अर्थ तथा विकास समितिले विकास आयोजना छनौटलाई प्रभावकारी बनाउन अध्ययन समिति बनाउने निर्णय गरेको छ । समितिले प्रदेशको बजेट विनियोजनलाई प्रभावकारी बनाउन आयोजना बैंक निर्माण तथा सञ्चालनको विषयमा सरकारलाई निर्देशन दिन समितिले अध्ययन गर्ने निर्णय गरेको हो ।
समितिको मंगलबार बसेको बैठकले वडास्तरबाट नै छलफल गरी विकास आयोजना छनौट तथा आयोजना बैंकमा प्रविष्ट गर्ने उद्धेश्य अनुसार उक्त समिति निर्माण गर्ने निर्णय गरेको हो । समितिको आगामी बैठकबाट छलफल गरी समिति गठन गर्ने र सो समितिले हालसम्मको अवस्था, बजेट विनियोजनको प्रणाली व्यवस्थापनका लागि आयोजना बैंक नबन्नुका कारण बारे अध्ययन गर्नेछ ।
समितिले आयोजना बैंक कार्यान्वयनका समस्याबारे अध्ययन गरी सो विषयमा सरकारलाई निर्देशन दिने समितिका सचिव मनोजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार समितिको छलफल अनुसार वडा तहबाट नै आयोजना छनौट गरी विभागीय मन्त्रालयबाट प्रविष्ट गर्ने र प्राथमिकीकरणका आधारमा बजेट विनियोजन गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण