राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ जना सम्मानित हुने
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो ६१औँ वार्षिकोत्सवको उपलक्ष्यमा पाँच खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री केपीशर्मा ओलीको प्रमुख आतिथ्यतामा बुधबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभाहलमा सम्मान गर्ने कार्यक्रम तय भएको राखेपले जनाएको छ ।
राखेपका अनुसार सिनियर र जुनियरमा समान १–१ पुरुष/महिला तथा १ पारा खेलाडीलाई सम्मान गरिनेछ । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी, २ खेल पत्रकार, १ स्थानीय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल सङ्घलाई पुरस्कृत गरिनेछ ।
स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल सङ्घलाई कदरपत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मान गरिने राखेपले जनाएको छ । सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका दुई सय ३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिने भएको छ । वर्षमा हासिल गरेको उपलब्धि, सक्रियता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्यालको संयोजकत्वमा ७ सदस्यीय राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सव उपसमिति–२०८१ गठन गरिएको छ । उपसमितिको सचिवमा प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल छन् ।
त्यस्तै पुरस्कृत गर्ने खेलाडीलगायत छनोट गर्न विभिन्न पाँच कार्यदल पनि गठन गरिएको छ । तालिम तथा प्रशिक्षण विभागकी उप–निर्देशक सङ्गीना वैद्यको संयोजकत्वमा परिषद् सेवा पुरस्कार लागि कर्मचारी छनोट कार्यदल, राष्ट्रिय टिम तयारीका उप–निर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा खेलाडी छनोट कार्यदल गठन गरिएको छ ।
खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा राष्ट्रिय खेल सङ्घ तथा प्रायोजक छनोट कार्यदल, प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहालको संयोजकत्वमा खेलकुद पत्रकार छनोट कार्यदल तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माको संयोजकत्वमा स्थानीय तह छनोट कार्यदल गठन गरिएको छ ।
विसं २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ । वार्षिकोत्सवका दिन यही भदौ १३ गते राखेपले त्रिपुरेश्वरस्थित आफ्नै हातामा कार्यक्रम आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण