बलिउड अभिनेत्री मलाइकाको पिताद्वारा आत्महत्या
बुधबार, २६ भदौ २०८१, १३ : २८
नयाँदिल्ली । बलिउड अभिनेत्री तथा मोडल मलाइका अरोराका पिताको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरहरूका अनुसार उनको पिता अनिल अरोराले आत्महत्या गरेका हुन् ।
यस घटनापछि अरोराका पूर्व पति तथा अभिनेता अरबाज खान उनको माइती पुगेका छन् । न्युज एजेन्सी एएनआईका अनुसार अभिनेत्रीको पिताले छतबाट हाम फालेर ज्यान लिएका हुन् । अनिलले बान्द्रापस्थित आफ्नो घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ ।
यो घटना बुधवार बिहान करिब ९ बजेतिर भएको हो । घटनाको समयमा अभिनेत्री पुणेमा थिइन् । खबर सुनेलगत्तै उनी मुम्बई निक्लिएको बताइएको छ । अभिनेत्रीको पिताको शवलाई बाबा अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण