प्रदेश
लुम्बिनी प्रदेशका विवादित मन्त्री कुर्मीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा
बुधबार, २६ भदौ २०८१, १४ : २४
बुटवल । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले बुधबार राजीनामा बुझाएका छन् । उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए ।
बाँके क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा (ख) बाट विजयी कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए । उनी मन्त्रीमा नियुक्त भएदेखि नै मानव अधिकारकर्मीले विरोध जनाउँदै आएका थिए ।
नेपालगन्ज उपमहानगरपालिका– १७, परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोप उनीमाथि लाग्दै आएको छ । महिला अधिकारकर्मी रुवि खान लगायतले सो हत्या प्रकरणमा कारबाहीको माग गर्दै राजधानी केन्द्रित विरोध प्रदर्शन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण