चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी गर्न मन्त्री भण्डारीको आग्रह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चीनका व्यवसायीहरूले भेट गरेका छन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जनबढी व्यवसायीहरूले नेपालमा लगानीको वातावरणका विषयमा अन्तरक्रिया गरेका हुन् ।
अन्तरक्रियाका क्रममा चिनियाँ व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिएका छन् ।
चिनियाँ व्यवसायीहरूलाई उद्योग मन्त्री भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरूमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनैपनि नीतिगत जटिलताहरू नरहेको बताए । चीनमा भइरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेको बताउँदै उनले नेपालको कृषि, विद्युत्, पर्यटन, शिक्षा तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
काभ्रेको पाँचखालमा चीनको लगानीमा उद्योग सञ्चालनको तयारी भइरहेको विषयमा मन्त्री भण्डारीले लगानीकर्तालाई प्रयाप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको बताए । उनले नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनैपनि समयमा आइपर्ने समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरे ।
उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर रावतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्याहरू नभएकाले उद्योगमा लगानी गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण