कीर्तिपुरमा जुवातास खेलिरहेका नौ जना पक्राउ
बुधबार, २६ भदौ २०८१, १७ : ५४

काठमाडौँ । कीर्तिपुर नगरपालिका-९ बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ६३ वर्षीय धन बहादुर तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुर समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली ३४ हजार २ सय १५ रुपैयाँ, कम्बोडियन २ हजार रियाल, कतारी ८ रियाल, मलेसियन २ रिङ्गिट, भारतीय २० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान संघर्ष चीनका लागि कसरी अवसर बन्दै थियो ?
-
भारत र पाकिस्तानबिचको सैन्य कारबाही रोक्ने निर्णय आपसी सहमतिकै आधारमा भएको दाबी
-
भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति
-
उपनिवेश विरुद्ध सँगै लडेका गरेका भारत र पाकिस्तान जुध्नु हुँदैन
-
भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति
-
भारतले भन्यो– अब कुनै स्थल र हवाई आक्रमण हुँदैन