गाजाको विद्यालयमा इजरायली हवाई हमला, यूएनका ६ कर्मचारीको मृत्यु
रफाह । गाजामा इजरायलले गरेको हवाई हमलामा परेर संयुक्त राष्ट्र संघ (यूएन)का ६ जना कर्मचारीको मृत्यु भएको छ । मध्य गाजामा रहेको आफ्नो विद्यालयमा इजरायली हवाई आक्रमणमा छ जना कर्मचारीको मृत्यु भएको यालेस्टाइनी शरणार्थीहरूको लागि काम गर्ने यूएनको एजेन्सी यूएनआरडब्ल्यूएले भनेको छ ।
अक्टोबरमा इजरायल र हमासबीचको युद्ध सुरु भएयता एउटै घटनामा यति ठूलो संख्यामा आफ्ना कर्मचारीको मृत्यु भएको यो पहिलो पटक भएको यूएनआरडब्ल्यूएले बताएको छ । नुसिरात शरणार्थी शिविरमा रहेको अल–जाउनी विद्यालयमा यसअघिको आक्रमणमा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको अस्पतालका अधिकारीहरू र हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले बताएको छ ।
यस शरणार्थी शिविरमा हजारौं विस्थापित प्यालेस्टाइनीहरूले शरण लिइरहेका छन् । इजरायली सेनाले विद्यालय भित्रबाट आक्रमण गर्ने योजना बनाएका चरमपन्थीहरूमाथि सटीक हमला गरेको भनिरहेको छ । आक्रमणका क्रममा सर्वसाधारणलाई नोक्सान नहोस् भनेर सावधानी अपनाएको दाबी उनीहरूले गरेका छन् । गाजा युद्ध सुरु भएदेखि गत ११ महिनामा विद्यालयमा पाँचौं पटक आक्रमण भएको युएनआरडब्ल्यूएले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण