पर्सामा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालक घाइते
बिहीबार, २७ भदौ २०८१, १७ : ५४
वीरगन्ज । पर्साको सुख्खा बन्दरगाह नजिकै ट्याङ्करको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बिहीबार अपराह्न ट्याङ्करको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
ट्याङ्करको ठक्करबाट वीरगन्ज–१७ अलौंका २२ वर्षीय टिनु कुमार साह तुराहा गम्भीर घाइते भएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार वीरगन्ज महानगरपालिका –१७ अलौंस्थित एकीकृत भन्सार जाँच चौकीको एरियामा बिहीबार अपराह्न ट्याङ्करको ठक्कर दिँदा मोटरसाइकल चालक तुरहा गम्भीर घाइते भएका हुन ।
घाइते तुराहाको बाराको नौतनस्थित एएलएस न्यूरो अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता भारती बताउँछन् । प्रहरीका अनुसार, ठक्कर दिने ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण