हेमन्त पाल बने वर्षको सर्वोत्कृष्ट युवा खेलाडी
काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत वर्षको सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड भारोत्तोलनका हेमन्त पालले जितेका छन् । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी अवार्ड कार्यक्रममा उनी वर्षको सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् । उनले पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए ।
२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा उनी वर्षको सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् । उनले मनोनयनमा परेका अर्जुन कुमाल (क्रिकेट) र प्रीति राई (फुटबल) लाई पछि पार्दै सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारेका हुन् ।
१६ वर्षीय हेमन्त पालले भारतको नोयडामा सम्पन्न एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए । उनले नेपाललाई एसियाली स्तरको अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा ३८ वर्षपछि पदक दिलाएका हुन् ।
यसअघि सन् १९८५ मा काठमाडौँमा सम्पन्न जुनियर च्याम्पियनसिपमा कञ्चनपुरका श्याम हमालले नेपाललाई कांस्य पदक दिलाएका थिए । हेमन्तले भारतमा भएको प्रतियोगितामा ७३ केजी तौल समूहमा स्न्याचतर्फ ९७ केजी, क्लिन एन्ड जर्कतर्फ एक सय १० केजी र कुलमा दुई सय १० केजी भार उचालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण