संवैधानिक परिषद्
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक सुरु
शुक्रबार, २८ भदौ २०८१, १७ : ४७
काठमाडौँ । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने जनाइएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । यसअघि बुधबार परिषद्को बैठक बोलाए पनि स्थगित भएको थियो ।
शुक्रबारको परिषद् बैठकको तयारी स्वरुप बिहीबार प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा छलफल भएको थियो ।
आजको बैठकबाट सिफारिसमा परेकामध्येबाट प्रकाशमान सिंह राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण