लुम्बिनी प्रदेश व्यापार संघ गठन, अध्यक्षमा मोतीराज ज्ञवाली
बुटवल । लुम्बिनी प्रदेश व्यापार संघ गठन गरिएको छ । लुम्बिनी प्रदेशका व्यवसायीको बुटवलमा सम्पन्न भेलाले लुम्बिनी प्रदेश व्यापार सं गठन गरेको हो
रुपन्देही व्यापार संघको पहलमा भएको भेलाले मोतीराज ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय संघ गठन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा दीपकप्रसाद अधिकारी, उपाध्यक्षमा दुर्गा पाण्डे र नेत्रप्रसाद भुसाल, महासचिवमा जिवनाथ पाण्डे, कोषाध्यक्षमा प्रकाशराज पौडेल, सचिवमा थानेश्वर गैरे रहेका छन् ।
यस्तै सदस्यहरूमा शंकर भट्टराई, श्रीकृष्ण पोखरेल, मोतीलाल पाण्डे, पदम श्रेष्ठ, यमलाल लोहनी, कृष्णप्रसाद घिमिरे, माधव नेपाल, जोगलाल विश्वकर्मा, मनिमदिन मियाँ, पुष्पा पौडेल, हरिप्रसाद पोखरेल, होमराज बस्याल रहेका छन् भने अन्य सदस्यमा जिल्ला तथा नगर संघहरूको सिफारिसमा पछि थप गर्ने निर्णय भएको छ ।
अध्यक्ष ज्ञवाली रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण