एक वर्षमा ६ किलोमिटर रेलमार्ग निर्माण सम्पन्न
शनिबार, २९ भदौ २०८१, १७ : ३१

काठमाडौँ । एक वर्षमा ६ किलोमिटर रेलमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आव २०८०/८१) अनुसार रेलमार्ग निर्माण लक्ष्यअनुसार सम्पन्न भएको छ ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ६ किलोमिटरको रेलमार्ग लक्ष्य रहेकोमा ६ किलोमिटर निर्माण सम्पन्न भएको हो । यस्तै सोही अवधिमा १५० पुल निर्माणको लक्ष्य राखिएकोमा २०२ पुल बनेका छन् । अब देशभर तीन हजार ३९३ पुल निर्माण सम्पन्न भएका छन् ।
यस्तै देशभरि ४ सय ५९ झोलुङ्गे पुल निर्माण लक्ष्य रहेकोमा २ सय १० मात्र बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्मी र गण्डकी राष्ट्रिय पुरूष हक्की प्रतियोगिताको फाइनलमा
-
रोनाल्डोका छोरा पोर्चुगलको यू–१५ टोलीमा समावेश
-
सरकारलाई समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरूरी : सञ्चारमन्त्री
-
पूर्व प्रधानमन्त्री खालिदा जिया बंगलादेश फर्किइन्, राजनीतिक उथलपुथल बढ्ने
-
जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा लिखित जवाफ माग
-
पूर्वमन्त्री नेपालको दाहसंस्कार गरिँदै, शव पशुपति लगियो (तस्बिरहरू)