प्रहरी र सशस्त्रको ऐनको मस्यौदा कानुन मन्त्रालयमा
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐनको मस्यौदामा अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले राय सहमतिका लागि पठाएको दुवै संगठनको मस्यौदामा अर्थ मन्त्रालयले सहमति दिएको हो । नेपाल प्रहरी ऐनको मस्यौदामा अर्थले यसअघि नै सहमति दिएको थियो । अहिले सशस्त्रको मस्यौदामा अर्थले सहमति दिएको छ ।
अर्थ मन्त्रालयबाट सहमति आएको मस्यौदालाई कानुन मन्त्रालयमा पठाइएको गृहमन्त्री रमेश लेखकले बताए । रातोपाटीसँग कुरा गर्दै लेखकले भने, ‘अहिले कानुनमा गएको छ, एक महिनामा विधेयकको रूपमा संसदमा लैजान्छौँ ।’
नयाँ ऐन ल्याएर नेपाल प्रहरी ऐन–२०१२ र सशस्त्र प्रहरी ऐन–२०५८ लाई प्रतिस्थापन गर्नुपर्ने गृहको प्रस्ताव छ । नेपाल प्रहरीमा प्रत्येक ६ महिनाको अन्तरमा ३० वर्षे हटाउँदै जाने प्रस्ताव मस्यौदामा गरिएको छ । ऐन आएपछि पहिलोपटक ३० वर्षे पुरा भएर अवकाश जानेहरूको ६ महिना सेवा अवधि थप हुनेछ । क्रमशः ६ महिनाको दरले डेढ वर्ष (तीन चरण) मा ३० वर्षे सेवा अवधि हटाउनुपर्ने प्रस्ताव गरिएको छ ।
नेपाल प्रहरीमा आईजीपीको उमेर हद ६० वर्ष, एआईजी र डीआईजीको ५९ वर्ष एसएसपीको ५८ वर्ष, एसपी र डीएसपीको ५७, इन्स्पेक्टरको ५६ र जुनियर प्रहरी कर्मचारीको ५५ बनाउनुपर्ने प्रहरीको प्रस्ताव छ ।
दुवै सङ्गठनमा महानिरीक्षक (आईजीपी)को उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउन प्रस्ताव गरिएको छ । गृह मन्त्रालयका एकजना अधिकृत भन्छन्– ‘निजामती ऐनको विधेयकमा प्रस्ताव गरेजस्तै दुवै सुरक्षा निकायमा आईजीको उमेर हद ६० वर्ष राख्न प्रस्ताव गरिएको छ ।’
मस्यौदा अन्तिम भएपछि मन्त्रिपरिषद्मा पठाउने व्यवस्था छ । मन्त्रिपरिषद्ले सो मस्यौदा संसद्मा दर्ता गर्न स्वीकृति दिएपछि कानुन मन्त्रालयले त्यसलाई संसद् सचिवालयमा दर्ता गराउँछ ।
प्रस्तावित मस्यौदामा सशस्त्र र नेपाल प्रहरीमा इन्स्पेक्टरमा भर्ना लिने उमेर हद बढाउनुपर्ने प्रस्ताव गरिएको छ । स्नातक तह पुरा गर्न ४ वर्षे शैक्षिक कोर्स लागु भएका कारण २७ वर्ष उमेर पुरा नहुँदासम्म इन्स्पेक्टरमा भर्ना लिनुपर्ने सुरक्षा निकायहरूले राय दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज शारदिय नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै
-
बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
-
भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा
-
झ्याप्ले खोलामा अस्तायो दिदीको बिहे गर्ने र भाइ पढाउने वसन्तको सपना
-
मस्कोमा नेपाली कविलाई 'गोल्ड फेदर अफ रसिया' द्वारा सम्मान
-
डेङ्गुमा साँच्चै फाइदाजनक छ त मेवाको पातको जुस ?