बैतडीमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा सञ्चालन
शनिबार, २९ भदौ २०८१, २२ : ३९
बैतडी । यहाँ वर्षाका कारण तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा आजदेखि सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले वर्षाले यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनअन्तर्गत विभिन्न क्षेत्रमा २० विद्युत्का खम्बा ढलेकाले सेवा अवरुद्ध भएकामा आजदेखि सेवा सञ्चालनमा आएको जानकारी दिए ।
उनले भने, “लगातारको वर्षाले यहाँ २० बिजुलीका पोलहरू ढलेका कारण सेवा अवरुद्ध भएको थियो । मर्मत गरेर आजदेखि विद्युत् सेवा सञ्चालन गरिएको छ ।” वर्षाका कारण प्रभावित भएको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदमा ४ प्रतिस्थापन विधेयक पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त
-
इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी श्रेष्ठ
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गर्न १५ दिने अल्टिमेटम
-
कागजी र कानुनी न्यायमात्र पर्याप्त हुँदैन, सामाजिक दृष्टिकोण र संस्कृति बदल्नुपर्छः देवी खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण