इङ्लिस प्रिमियर लिगमा चेल्सी विजयी
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले एफसी बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
बर्नमाउथका फ्रान्सिस्को एभानलिसनले ३८ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा अग्रता लिन असफल भएको थियो ।
बर्नमाउथको मैदानमा खेल बराबरीतर्फ उन्मुख भएका बेला चेल्सीले ८६ औँ मिनेटमा गोलको खडेरी तोडेको थियो ।
चेल्सीका लागि क्रिष्टोफोर नुकुनुले जाडोन सान्चोको पासमागोल गरेका थिए । सोही गोल नै चेल्सीलाई जारी प्रिमियर लिगमा ३ अंक थप्न पर्याप्त रह्यो । चेल्सी जारी सिजनको चौथो चरणमा सात अंकका साथ तालिकाको सातौँ स्थानमा छ । चेल्सीसँग पराजित बर्नमाउथ भने ५ अंकका साथ ११ औँ स्थानमा छ । बर्नमाउथको पहिलो हार हो ।
प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले एर्भटमाथि ३–२ गोलको पुनरागमन जीत दर्ता गरेको छ । २ गोलले पछि परको एस्टनले उत्कृष्ट पुनरागमन गर्दै जीत दर्ता गरेको हो ।
एस्टनको मैदानमा पाहुना टोली एभर्टनले १६ औँ मिनेटमा अग्रता लिएको थियो । डिवेट म्याकनेलले गोल गर्दै एभर्टनलाई सुरुआती अग्रता दिलाए । २७औँ मिनेटमा डोमोनिक कालभर्टले म्याकनेलको पासमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
एस्टनले ३६ औं मिनेटमा पहिलो गोल फर्काउन सफल भयो । उसकाओले वाट्किन्सले लुकास डिग्नेको पासमा गोल गर्दै अन्तर २–१ मा ल्याए । ५८ औँ मिनेटमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दा एस्टनले एभर्टनसँग खेल २–२ को बराबरीमा ल्याएको थियो ।
७६ औँ मिनटमा रोस बार्कलेको पासमा जोन डुरानले गोल गरेपछि अन्ततः घरेलु मैदानमा एस्टन भिल्लाले ३–२ को पुनरागमन जीत दर्ता गर्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण