इङ्लिस प्रिमियर लिगमा सिटीको लगातार चौथो जीत
काठमाडाैँ। खेलकाे पहिलो मिनेटमै ब्रेन्टफोर्डसँग पछि परेको म्यानचेस्टर सिटीले २–१ गोलको पुनरागमन जीत निकालेको छ । गएराति भएको इङ्लिस प्रिमियर लिगको पहिलो मिनेटमै योएन वेइसाले गोल गर्दै ब्रेन्टफोड अग्रता दिलाएका थिए ।
१ गोलले पछि परेको सिटीलाई एर्लिङ हालान्डले उद्धार गरे । उनले १९ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ३२ औँ मिनेटमा एडरसनको पासमा उनै हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।
दोस्रो हाफमा थप गोल दुवै टिमबाट नभएपछि सिटी अन्ततः २–१ को जीत दर्ता गर्दै स्पष्ट ३ अंकतालिकामा थप्न सफल भयो ।
जारी प्रतियोगितामा सिटीको यो लगातार चौथो जीत हो । सिटी प्रिमियर लिग तालिकामा १२ अंकका साथ शीर्ष स्थानमा छ ।
यसैगरी, इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पहिलो हार बेहोरेको छ ।
लगातार तीन खेलमा जीत निकालेको लिभपुरल शनिबार भएको चौथो खेलमा नटिङघम फरेस्टसँग १–० गोलको साँघुरो अन्तरले पराजित भयो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले वेस्टह्याममाथि अधिकांश समय दबाब कायम गरे पनि गोल गर्न असफल भयो । ७२ औँ मिनेटमा नटिङघम फरेस्टका लागिकलुम हडसनले एन्थोनीएलेन्गाको पासमागोल गर्दै अग्रता दिलाए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै नटिङघमले आफ्नो अपराजित यात्राकायम राख्न सफल भयो ।
नटिङघमले ४ खेलमा २ मा जित र २ मा बराबरी खेल्दै ८ अंकका साथ आफूलाई पाँचौं स्थानमा छ । पहिलो हार व्यहोरेको लिभरपुल ९ अंकका साथतालिकाको दोस्रो स्थानमा छ ।
प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा व्राइटन र इप्सवीचले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा क्रिष्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यसैगरी फुलह्याम र वेस्टह्यामले पनि एक एकगोलको बराबरी खेलेर अंक बाँड्न पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण