सर्वोच्च अदालतको कारबाही लाइभ गर्न माग गर्दै रिट दायर
काठमाडौँ । सर्वोच्च अदालतको कारबाही लाइभ (प्रत्यक्ष प्रशारण) गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले आइतबार पेस गरेको रिट निवेदन आइतबार सर्वोच्च अदालतले दर्ता गरेको हो ।
रिटमाथिको पेसी सोमबारका लागि तोकिएको छ । न्यायिक पारदर्शिता र जनतामा न्यायको पहुँचको उद्देश्य राखेर रिट निवेदन पेस गरिएको चौधरीले जानकारी दिए ।
निवेदकहरूले अदालतको कारवाहीलाई प्रत्यक्ष प्रसारण गर्नु न्यायिक प्रणालीको आमूल परिवर्तनको लागि अपरिहार्य रहेको समेत रिटमा उल्लेख गरेका छन् । रिट निवेदनमा विश्वका प्रमुख लोकतान्त्रिक मुलुकहरू जस्तै भारत, अमेरिका, ब्राजिल, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया लगायतका देशहरूमा सर्वोच्च अदालतको कारवाहीको प्रत्यक्ष प्रसारण भइरहेको तथ्य उल्लेख गरिएको छ।
यी देशहरूको अनुभवले प्रत्यक्ष प्रसारणले न्यायिक प्रक्रियामा जनताको विश्वास र सहभागिता उल्लेखनीय रूपमा बढाएको देखाएको रिट निवेदकको जिकिर छ । निवेदकहरूले नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हक र सम्मानपूर्वक बाँच्न पाउने हकलाई उद्धृत गर्दै नेपाली नागरिकहरूलाई पनि अदालतको सुनुवाइ प्रत्यक्ष रूपमा हेर्न पाउने अधिकार हुनुपर्ने माग राखेका छन्।
निवेदकहरूले सर्वोच्च अदालतलाई यथाशीघ्र प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउन र यस सम्बन्धमा स्पष्ट नीति तथा निर्देशिका तयार पार्न पनि माग गरेका छन् । उनीहरूको मागमा प्राविधिक पूर्वाधार निर्माण, मानव संसाधन व्यवस्थापन र समयबद्ध कार्ययोजना तयार पार्नेजस्ता विषयहरू समावेश छन्।
यो रिट निवेदनले नेपालको न्यायिक प्रणालीमा एक नयाँ अध्यायको सुरुवात गर्ने आशा जगाएको चौधरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण