पलेशालाई गण्डकी सरकारले मासिक भत्ता दिने
पोखरा । ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने भएको छ । पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी गोवर्धनलाई गण्डकीले मासिक भत्ता दिने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
प्रदेश सरकारले यसअघि पनि प्रदेशभित्रका ओलम्पिक खेलाडीलाई मासिक भत्ता स्वरूप ५ हजार दिँदै आएको छ । ९ जनाले यसको सुविधा पाएका छन् । सोही समूहमा पलेशालाई समावेश गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।
‘गतवर्षदेखि ओलम्पिकमा भाग लिएका गण्डकी प्रदेशका खेलाडीलाई मासिक प्रोत्साहन स्वरूप भत्ताको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘सहभागी भएकै कारण उहाँहरूलाई भत्ता दियौँ भने प्रदेश बाहिरकै भएपनि पदक ल्याएका कारण पलेशालाई सम्मान गर्न लागेका हौं ।झ
सम्मान कार्यक्रममा पलेशालाई गण्डकी प्रदेश सरकारले एक लाख ५० हजार, पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र जिल्ला तेक्वान्दो सङ्घ कास्कीले ५० हजार १५५ रुपैयाँ र प्रदेश तेक्वान्दो संघले सम्मानपत्र प्रदान गरेका छन् ।
पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण