पारस र सिम्रनको मुहूर्त शटसँगै ‘होस्टेल ३’को छायाङ्कन सुरु
काठमाडौँ । चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु भएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ–मुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । चलचित्रमा मुख्य भूमिकामा अभिनय गर्ने कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै मुहूर्त–शट दिए ।
चलचित्रको छायाङ्कन काठमाडौँको बोडेमा हुनेछ । पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाङ्कन सुरु गरिने चलचित्रका निर्देशक सशान कँडेलले बताए ।
चलचित्रमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारको अभिनय देख्न पाइनेछ । अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका निभाउनेछिन् ।
२०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’ दुवै चलचित्रले घरेलु बक्स अफिसमा सफलता हासिल गरेको थियो । ‘होस्टेल ३’ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने बताइन्छ ।
माधव शर्माको लेखन रहेको चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दै छ । चलचित्रका डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री हुन् । कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन् । सह–निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण