धनगढी उपमहानगरले सञ्चालनमा ल्यायो नगर बस सेवा
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ ।
उपमहानगरपालिका आइतबार जिल्लाको कैलारी गाउँपालिकाको हसुलियादेखि गोदावरी नगरपालिकाको अत्तरिया रुटमा नगर बस सेवा सञ्चालनमा ल्याएको हो ।
आइतबार फूलबारी बसपार्कमा एक कार्यक्रमको बिच नगर बस सेवाको उद्घाटन गरिएको छ । ६ वटा बसबाट नगर बस सेवा सुरु गरिएको छ । उपमहानगरले धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले नगर बस सेवा चलाउने ठेक्का पाएको छ । असोज १ गतेदेखि सुरु हुने नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ ।
नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल विकास शिक्षक शिक्षिकाले भने निःशुल्क यात्रा गर्न पाउनेछन् । धनगढी उपमहानगरपालिकाले खरिद गरेको ६ बसबाट कैलारी गाउँपालिकाको केन्द्र हसुलिया–धनगढी र गोदावरीको अत्तरियासम्म नगर बस सेवाको रुट तोकिएको छ ।
धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले वार्षिक २८ लाख ८८ हजार ९१९ रुपैयाँमा नगर बस सेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजश्व शाखा प्रमुख डिल्लीराज ओझाले बताए । उनले करिब ७ किलोमीटर दुरीमा २० रुपैयाँ तिरेर नगर बसमा यात्रा गर्न पाइने जानकारी दिए । २०८१ असोज १ गतेदेखि सुरु हुने नगर बस सेवाको न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ ।
हरेक दिन हसुलियाबाट ६ बजे बस छुट्ने छ । त्यसपछि हरेक ३० मिनेटको अन्तरालमा बस छुट्ने व्यवस्था मिलाइने छ । नगर बस रोकिने स्थानको तय उपमहानगर र कम्पनीले गर्नेछन् । तोकिएको स्थानमा मात्रै यात्रु झर्ने र चढ्ने व्यवस्था मिलाइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण