मनमोहन प्राविधिक विश्वविद्यालयलाई अस्पताल हस्तान्तरण गर्ने मुख्यमन्त्री कार्कीकाे प्रतिबद्धता
विराटनगर । कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक वर्षभित्र हस्तान्तरण गरिसक्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिबद्धता जनाएका छन् । मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभालाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अस्पताल हस्तान्तरण गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।
सभामा बोल्दै मुख्यमन्त्री कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्यालय मात्र नभएर कोशी प्रदेश सरकारको गौरव पनि भएकोले स्वास्थ्य क्षेत्रका कार्यक्रमहरू चाँडो सञ्चालन गराउन अस्पताल हस्तान्तरण गर्न चासो दिने बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेशको ठुलो कोशी अस्पताल संघले आफैँ मातहत राखेकोले अस्पताल हस्तान्तरण गर्न ढिलाइ भएको भन्दै तर अब एक वर्षभित्र अस्पताल विश्वविद्यालयका लागि स्थापना गरिसक्ने बताए । कुलपतिसमेत रहेका कार्कीले भने, ‘अर्को सभामा आउँदा विश्वविद्यालयले अस्पताल प्राप्त गरेर शैक्षिक कार्यक्रम सुरु गरिसकेको हुनेछ । सरकाले सकभर भएकै मध्येबाट नभए नयाँ स्थापना गरेर भएपनि अस्पताल हस्तान्तरण गर्नेछ ।’
मुख्यमन्त्री कार्कीले चार वर्षअघि प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको प्रगति छोटो समयमा पनि सन्तुष्ट लायक रहेको भन्दै अझै प्रगति वृद्धि गराउन आफूहरू लागिपर्ने बताए । उनले चार वर्षसम्म विश्वविद्यालय आफ्नै आन्तरिक संरचना, ऐन, कानुन र पाठयक्रमहरु निर्माणमा धेरै समय खर्च गर्नुपर्दा एकैचोटी तीन वटै स्कुलका सबै शैक्षिक कार्यक्रमहरू सञ्चालन हुन नसकेपनि अब भने विश्वविद्यालयले गति लिने बताए ।
उनले प्रदेश सरकार पनि नयाँ भएकोले विश्वविद्यालयको प्रगतिमा दिनुपर्ने जति चासो दिन नसकेको तर अब बजेटमा पनि सकेसम्म कमी हुन नदिने प्रतिबद्धता पनि जनाए । मुख्यमन्त्री कार्कीले सचिवहरूलाई निर्देशन दिँदै भने, ‘प्राविधिक विश्वविद्यालयको गौरव प्रदेश सरकारसँग पनि जडिएकोले अब सकेसम्म बजेटमा कमी हुने दिनुहुँदैन सचिव ज्यूहरूले विशेष ख्याल गरिदिनुहोला ।’
मनमोहन विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले आफ्नै अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाएकोले चाँडै अस्पताल हस्तान्तरण गराउन विश्वविद्यालयका कुलपति तथा कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जानकारी गराएका थिए ।
कोशी प्रदेश सरकारले आफ्नै ऐन बनाएर २०७६ मा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले आफ्नो अस्पताल नहुँदा अझै स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाएको छैन । मनमोहनले तीनवटा स्कुल स्थापना गरेर इन्जिनियरिङ, फार्मेसीमा स्नातक र अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तरको कक्षा सञ्चालन गरिसकेको छ । तर आफ्नै शिक्षण अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रका अन्य विभिन्न प्राविधिक विषयहरू सञ्चालन गर्न पाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण